Tuesday, August 04, 2020
Home > मुख्य समाचार > नवजात शिशुको शव फेला

नवजात शिशुको शव फेला

झापा, १७ पुष । झापाको बुद्धशान्ति–४ अमर बस्तीमा एक नवजात शिशुको शव गाडेको अवस्थामा फेला परेको छ ।

आज स्थानीय शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गाडेको नजिकै रगतसमेत देखिएकाले अवैध सम्बन्धबाट जन्मिएको शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *