Sunday, September 27, 2020
Home > खेलकुद समाचार > अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने सरकारको घोषणा

अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं, १७ पुष । सरकारले अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गर्नु भएको हो । आज मदन भण्डारी स्र्पोटस् एकेडेमीको १० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भईरहेको पनि जानकारी दिनुभयो । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरुमा १/१ वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लगिएको पनि जानकारी दिनुभयो । मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा ‘खेल ग्राम’ बनाउने कार्यविधि पनि तय गरिएको बताउनुभयो । सरकारले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने योजना अघि सारेको थियो । मन्त्री विश्वकर्माले सोही योजनालाई साकार बनाउन सोसम्बन्धि कार्यविधि तय गरिएको पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *