Thursday, September 24, 2020
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री ओलीले अरुलाई अपमान गर्ने गरेको रिजालको आरोप

प्रधानमन्त्री ओलीले अरुलाई अपमान गर्ने गरेको रिजालको आरोप

काठमाडौं, १७ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले अरुलाई अपमान गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गर्नुभएको छ ।

नेता रिजालले ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको मान्यता रहेको उल्लेख गर्दै यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो । राष्ट्रिय पोशाक दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको सम्मानका लागि पनि समृद्धिको अभियानलाई सफल बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपालको संस्कृतिलाई कमजोर बनाउने षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन पनि सबैलाई आह्वान गर्नुभयो । मुलुकलाई समृद्ध बनाउन सकेमात्रै हाम्रा राष्ट्रिय पोशाकको पनि सम्मान हुने नेता रावलको भनाइ थियो ।

नेता रावलले नेपालले सीमा मिचेको कुरा गर्दा कुनै पनि राष्ट्रले चित्त दुखाउन नहुने पनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *