Wednesday, October 21, 2020
Home > राष्ट्रिय समाचार > जगदिशपुर तालका चरा असुरक्षित

जगदिशपुर तालका चरा असुरक्षित

कपिलवस्तु, १८ पुष । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर तालका चरा असुरक्षित हुन थालेका छन् ।

साईबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्ता र किर्किस्तान लगायतका देशबाट चिसो छल्न यहाँ आउने चराहरु बढ्दो चोरी शिकारीका कारण असुरक्षित हुन थालेका हुन् । सदरमुकाम तौलिहवादेखि करीब ११ किलोमिटर उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्र्ने तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाइने नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । १ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो । तर पछिल्लो समय तालमा रातिका समय बिषादी हालेर चरा मार्ने क्रममा बढेको छ । हालै फ्युराईन नामक बिषादीको सुई लगाईएका फटयाग्रा खाँदा तालमा मडुल र सिंह जुरे जातका २१ चरा मरेका छन । तालमा सञ्चालित डुङ्गाको निगरानी गर्दै आएका स्थानिय मोहनलाल राजभरले आफुले दुरबिनले हेर्दा बिषादी खाएर चरा मरेको भेटेपछि सम्बन्धित निकायलाई खबर गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *