Monday, June 01, 2020
Home > राष्ट्रिय समाचार > चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह

चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह

काठमाडौं, १८ पुष । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । चिनी उद्योगीहरुले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ ।

मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिन भित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराउनु भयो । उहाँले उद्योगीहरुकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *