Sunday, December 15, 2019
Home > खेलकुद समाचार > संकटा क्लबको जित

संकटा क्लबको जित

ललितपुर, १८ पुष । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले थ्री स्टार क्लब माथि २–१ गोलअन्तरले जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार संकटा पराजित भएको हो । संकटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । थ्री स्टारका रन्जन विष्टले एक गोल गरे । खेलको ३० औं मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । त्यसपछि खेलको ६४ औं मिनेटमा अमितले पुनः पेनाल्टीमा गोल गर्दै संकटालाई २–१ को महत्वपूर्ण जित दिलाए । जितसंगै संकटाले लिगमा दोस्रो स्थान पक्का गरेको छ । लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ भने तेस्रो स्थानमा झरेको थ्री स्टारको २३ अंक छ । यस्तै आज भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार १२ औं जित निकालेको छ । हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले हराउँदै मनाङले लिगमा १२ औं जित निकालेको हो । मनाङलाई जित दिलाउन आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरे । जितसंगै च्याम्पियन बनिसकेको मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ । मनाङले लिगको उपाधि भने दुई खेल अगाबै जितिसकेको छ । पराजित हिमालयन शेर्पा ११ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *