Monday, June 01, 2020
Home > मुख्य समाचार > ससुरालीमा आएर श्रीमतीमाथि एसिड प्रहार

ससुरालीमा आएर श्रीमतीमाथि एसिड प्रहार

चितवन, १९ पुष । चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमा आएर श्रीमती डोल्मा रूम्बामाथि एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँँको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौंडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने विरेन गुरूङलाई प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *