Saturday, July 11, 2020
Home > खेलकुद समाचार > फिदिममा पुष २१ गतेदेखि शुरु हुने फाल्गुनन्द गोल्डकपको तयारी तिब्र

फिदिममा पुष २१ गतेदेखि शुरु हुने फाल्गुनन्द गोल्डकपको तयारी तिब्र

पाँचथर, १९ पुष । पाँचथर सदरमुकाम फिदिममा पुष २१ गतेदेखि शुरु हुने फाल्गुनन्द गोल्डकपको तयारी तिब्र पारिएको छ ।

सदरमुकाम फिदिम स्थित फिदिम माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा दर्शकलाई वस्ने ७ हजार क्षमताको प्याराफिट निर्माण सँगै व्यवस्थापकीय काम ५० प्रतिशत भन्दा धेरै सकिएको फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनुभयो । फाल्गुनन्द गोल्डकपको यो १० औं संस्करण हो । नेपालका राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना गरिने यो फुटवल प्रतियोगिता अखिल नेपाल फुटवल संघको बार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुदै आएको छ । यो वर्ष फाल्गुनन्द गोल्डकपका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *