Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > कृषि उत्पादनहरु राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अवलोकन

कृषि उत्पादनहरु राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अवलोकन

इटहरी, १९ पुष । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको आयोजनामा कृषि सामग्री तथा अनुसन्धान भएका नयाँ कृषि उत्पादनहरु राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभएको छ ।

कृषिमा भएको परिवर्तन तथा प्रयोग हुने नयाँ उपकरण प्रदर्शनीमा राखिएको छ । कृषिप्रधान देश भएर पनि कृषिमा लगानीको कमी तथा परम्परागत रुपमा गरिने कृषिका कारण कृषी पेशा ओझेलमा पर्दै गएको भन्दै कृषि अनुसन्धान केन्द्र तरहराले एकदिने प्रदर्शनीको आयोजना गरेको हो । पछिल्लो समय कृषि केन्द्र तरहराले बिशेष गरि धानबाली उत्पादनमा नयाँ अनुसन्धान गरिरहेको र प्रदेश एककै एक मात्र माछा अनुसन्धान केन्द्र भएको कारण बिभिन्न प्रकारको माछामा अनुसन्धान गरिरहेको अनुसन्धान केन्द्रका प्रमुख टिकाराम चापागाईले बताउनुभयो । चापागाईका अनुसार प्रदर्शनीमा चारवटा जिल्लाका बिभिन्न उत्पादनहरु राखिएको छ । अवलोकनपपिछ राष्ट्रपति भण्डारीले कर्मचारीहरुसंग कृषि बिकास सम्बन्धि छलफल गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *