Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक छ : राष्ट्रपति

दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक छ : राष्ट्रपति

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताउनुभएको छ ।

विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताउनुुभयो । जनमतको कदर गर्दै समृद्ध नेपालको चाहना पूरा गर्न सबैको अग्रसरता आवश्यक रहेको उहाँले वताउनुभयो । उहाँले चिया, ऐलैची तथा दुग्ध उत्पादनका लागि पूर्वाञ्चलको योगदान महत्वपूर्ण भएकाले यसको सहि सदुुपयोग हुनपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न नसक्ने बताउनुभयो । उहाँले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसोलगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पुर्याउने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्ने जनशक्ति कसरी पूरा गर्न सकिन्छ भन्नेतिर विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगरका तत्कालिन मेयर अशोक कोइराला, विश्वविद्यालयका पूर्व उपकुलपति तोरणबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्वप्रमुख कृष्ण पोखरेल तथा पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. धु्रवनारायणलाल दासलाई सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भ पनि उद्घाटन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *