Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > राष्ट्रपतिलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले गर्यो अभिनन्दन

राष्ट्रपतिलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले गर्यो अभिनन्दन

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ ।

क्याम्पसले आज विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गर्नुभयो । सो क्याम्पसका पूर्व विद्यार्थी समेत रहनुभएकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी सो कलेजमा २०३९–४० सालमा मानविकी संकायमा राजनीतिशास्त्रमा स्नातक तहमा अध्ययन गर्नु भएको थियो । विक्रम सम्बत २०४० सालमा सो कलेजको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्ष पदमा विजयी हुनु भएको थियो । क्याम्पस अवलोकन भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले स्ववियु भवनको अवलोकन गर्नुका साथै कलेज परिसरमा रहेको सरस्वती मन्दिरमा दर्शन गर्नुभएको थियो । उहांले क्याम्पसको आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गर्नुभयो । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गंदै राष्ट्रपति भण्डारीले देशलाई दु्रतगतिमा विकासको दिसातर्फ लान विश्वस्तरिय दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । उहांले सो बिषयमा क्याम्पसले खेलेको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीको स्वागतका लागि संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *