Friday, March 05, 2021
Home > मुख्य समाचार > पर्यटनमन्त्री अधिकारीको राजिनामा माग

पर्यटनमन्त्री अधिकारीको राजिनामा माग

काठमाडौं, २० पुष । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।

नेपाली कांग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाईडबढि विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गर्नु भएको हो । आज राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उहाँले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानविन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गर्नु भयो । उहाँले ४ अर्व ३५ करोड घोटाला भएको सो वाईडबडि विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानविन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गर्नु भयो ।

कांगे्रस सांसद आलेले वाईडबडि विमान खरिदमा संसदीय उपसमितिले दोषी ठहर्याएकाहरुलाई तत्काल कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *