Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन

क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन

भक्तपुर, २० पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन दिनु भएको छ ।

अध्यक्ष दाहालले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्ने गुनासो आईरहेको उल्लेख गर्दै त्यसलाई बढाएर ५ लाख पुर्याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले क्यान्सर रोगको उपचारमा प्रयोग हुने उपकरण राख्ने बंकर स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गर्ने जानकारी दिनु भयो ।

अध्यक्ष दाहालले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिकहरु आफैलाई सचेत हुन पनि आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *