Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > पत्रकार महासंघ मोरङ शाखाद्धारा ३ जना पुरस्कृत

पत्रकार महासंघ मोरङ शाखाद्धारा ३ जना पुरस्कृत

विराटनगर, २० पुष । नेपाल पत्रकार महासंघ मोरङ शाखाले दुई जना सञ्चारकर्मी र एक जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

आज विराटनगरमा भएको शाखाको १३ औँ साधारण सभाको अवसरमा सञ्चारकर्मी तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारी दिपक फुयाँललाई नगदसहित पुरस्कृत गरेको हो । भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार र आचार्यलाई महासंघद्वारा स्थापित १५ हजार राशीको प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । यस्तैगरि महासंघमा लामो समयदेखि कार्यालय सचिवका रुपमा कार्यरत कर्मचारी दिपक फुँयाललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने तीनै जनालाई प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कृत गर्नु भएको थियो । साधारणसभामा मन्त्री कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य केदार कार्की, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमले निष्पक्ष भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *