Tuesday, August 04, 2020
Home > मुख्य समाचार > तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

२०, पुष । बाराका तपस्वी भनिएका रामबहादुर बम्जन चर्चामा आईरहने व्यक्ति हुन । कहिले आनीहरुलाई बलत्कार गरेको त कहिले आश्रमबाटै मानिसहरु गायब बनाएको आरोपसहित अहिले बम्जनबिरुद्ध जिल्ला प्रहरी कार्यालय कलैया बारामा अहिले उजुरी परेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाका हस्त बहादुर आलेले तीन वर्ष अघि बम्जनसँग लागेका आफ्ना ३४ वर्षीय छोरा सुरेश आले बम्जन आश्रमबाट बेपत्ता भएकोले खोजलाश गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनुभएको छ । आलेले दिएको उजुरीमा बम्जनको अनुयायी भएर बसेका छोरा आश्रम स्थलबाटै बेपत्ता बनाईएकाले त्यसको खोजी र सकुशल उद्दार गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताउनुभयो ।

बम्जनसँगै बस्दै आएका सुरेश २०७२ साल जेष्ठ महिनापछि घर फर्किका छैनन् । भूकम्प पछि एक पटक घर आएका सुरेशलाई बम्जनको नजिक रहेर काम गर्ने जसबहादुर वाइबाले बोलाएर लगेपछि उनी फर्किएका छैनन् । प्रहरीको टोली बम्जनसँगै निजको छोराको खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बम्जनको तपस्या र आश्रयस्थल भनिएको बाराको हल्खोरिया साझेदारी बन अहिले पर्सा बन्यजन्तु राष्ट्रिय निकुन्जको क्षेत्र भित्र पर्दछ । मानव बसोबास गर्न कानुनी रुपमा बन्देज गरिएको त्यस क्षेत्रमा अहिले पनि बम्जन र उनका अनुयायिहरु बस्दै आएका छन् । आश्रममा बस्दै आएको सुरेश आलेको हालको अवस्था बारे आँफूहरुलाई थाहा नभएको बम्जनका अनुयायि मंङ्गल सिंह पाल्देनले बताए ।

१३ वर्षअघि बम्जन अकस्मात तपस्विको रुपमा बाराको हल्खोरिया साझेदारी बनमा देखा परेका थिए । तपस्विको रुपमा चर्चा कमाएका बम्जनको प्रवचन सुन्न देश बिदेशबाट ठूलो संख्यामा श्रद्धालुहरु आउन थालेपछि उनका अनुयायि पनि बढ्दै गएका छन् । हिंसा विरुद्ध प्रवचन दिने बम्जनमाथि बलात्कार, बन्धक, कुटपिट, बेपत्ता, तरबार प्रहार, किर्ते लगायत थुप्रै आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *