Tuesday, July 07, 2020
Home > खेलकुद समाचार > ए डिभिजन लिगमा विभागीय टिम पुलिसको सरस्वती युथक्लबसंग बराबरी

ए डिभिजन लिगमा विभागीय टिम पुलिसको सरस्वती युथक्लबसंग बराबरी

२१, पुष । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस सरस्वती युथक्लबसंग बराबरीमा रोकिएको छ ।

एपीएफको हलचोक मैदानमा आज भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४९ औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । ५३ औ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा यथावत छ । एक खेल कम खेलेको हिमालयन शेर्पा १७अंक सहित सातौ स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको १० औ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यस्तै आजै भएको पहिलो खेलमा पनि च्यासल युथक्लब र जावलाखेल युथक्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आठौँ स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो भने जावलाखेलले १३ खेलबाट १३ अंकजोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *