Thursday, October 17, 2019
Home > खेलकुद समाचार > यस्तो भयो डिपीएलको अक्सनमा

यस्तो भयो डिपीएलको अक्सनमा

काठमाडौं, २१ पुष । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणका लागि सहभागी फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी परिवर्तन गरेका छन् ।

प्रतियोगितामा विराटनगर किंग्सले पारस खड्का प्रतियोगितामा सहभागिता नजनाउने भएपछि करण केसीलाई मार्की खेलाडी बनाएको छ । पछिल्लो संस्करण ‘टिम चौराहा धनगढी’ को नाम रहेको धनगढी यसवर्ष ‘धनगढी स्टार्स’ नामले खेल्नेछ । मार्की खेलाडीमा भने सोमपाल कामीले नै निरन्तरता पाएका छन् । महेन्द्रनगर युनाइटेडमा यस वर्ष विनोद भण्डारीको स्थानमा शरद भेषावकर आएका छन् । शरदले पछिल्लो संस्करण पारीवारिक व्यस्तताका कारण सहभागिता जनाएका थिएनन् । यस्तै रुपन्देही च्यालेन्जर्सले सन्न्यास लिएका शक्ति गौचनको स्थानमा वसन्त रेग्मीलाई मार्की खेलाडी बनाएको छ ।काठमाडौं गोल्डेन्सले भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । सीवाईसी अत्तरियाले पनि पछिल्लो संस्कारणझैं दिपेन्द्रसिंह ऐरीलाई नै मार्की खेलाडी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *