Monday, April 19, 2021
Home > राष्ट्रिय समाचार > सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

विराटनगर, २१ पुष । विराटनगरमा जारी सूचना प्रविधि मेलाअन्तर्गत आज सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया आयोजना भएको छ ।

कार्यक्रममा बिग डाटा प्रविधि र उत्कृष्ट क्लाउड स्टोरेजहरु तथा शिक्षामा आइसिटीको महत्व रहेको जानकारी दिएको थियो । क्यान इनफोटेकका संयोजक राजन लम्सालले सूचना र प्रविधिको महत्वका बारेमा जानकारी गराउनुभयो । अन्तरक्रियामा नेपालमा स्र्माट सिटि, नेपाल आउट सोर्सिङ इन्डस्ट्रीको प्रोफाईल र मार्केटिङ गर्ने वेबसाइट सञ्चालन गर्न सकिने संयोजक लम्सालले बताउनुभयो । इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथको समस्या समाधान पनि गर्ने छन् । ब्रोडब्यान्ड हाइवे मोबाइल, र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतीय कारोबार थालनी क्यासलेस कल्चर आइसिटी शिक्षा र छात्रवृत्तिसमेतको कार्यक्रम गर्ने क्यान इनफोटेक मोरङका अध्यक्ष राजन यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *