Monday, April 19, 2021
Home > मुख्य समाचार > चिकित्सा विधेयक सच्याउन प्रधानमन्त्रीलाई आग्रह

चिकित्सा विधेयक सच्याउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, २५ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको खिल्ली उडाउँदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको हो । सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक संसदीय समितिको बहुमतको बलमा जब्बरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको काँग्रेस नेता थापाको प्रतिक्रिया छ । आज अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले विधेयक रोक्न र सच्याउनका लागि आफूहरु संसदको फूल हाउसमा लडाइँ जारी राख्ने चेतावनी पनि दिनुभयो ।  नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप पनि लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *