Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > रक्षामन्त्री पोखरेल र अमेरिकाको इण्डो प्यासेफिक प्रमुखविच भेटवार्ता

रक्षामन्त्री पोखरेल र अमेरिकाको इण्डो प्यासेफिक प्रमुखविच भेटवार्ता

काठमाडौं, २७ पुष । नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सेना प्रमुख एडमिरल डेभिडसनले आज बिहान रक्षा मन्त्रालयमा पोखरेल सँग भेट गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख डेभिडसन नेपालको २ दिने भ्रमणका क्रममा हिजो काठमाण्डौ आउनु भएको थियो । उपप्रधान तथा रक्षा मन्त्री सँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको छ । यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भुमिका बारे पनि छलफल भएको छ । साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले हिजो नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा सँग भेट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *