Monday, April 06, 2020
Home > मुख्य समाचार > मृतक बालकका परिवारलाई १ लाख राहत

मृतक बालकका परिवारलाई १ लाख राहत

विराटनगर, २७ पुष । सरकारले ब्याट्री पड्केर मृत्यु भएका मण्डल परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गर्नुभयो । कार्कीले मृतक परिवारलाई १ लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताउनुभयो ।

विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको आज दिउँसो १ बजे मोवाइलको ब्याट्री पड्कँदा मृत्यु भएको थियो । सोही स्थानका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राधिकाको दुवै आँखाको पहिलो पत्र जलेको अस्पतालले जनाएको छ । दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापिरहेको र आगो ताप्ने क्रममा उनीहरुले बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री खेल्ने क्रममा आगोमा हालेका थिए । सोही ब्याट्री पड्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि तत्काल कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *