Monday, June 01, 2020
Home > खेलकुद समाचार > मनमोहन कप : एपीएफका यज्ञमानको ७ विकेटसँगै प्रदेश एकको लज्जास्पद हार

मनमोहन कप : एपीएफका यज्ञमानको ७ विकेटसँगै प्रदेश एकको लज्जास्पद हार

इनरुवा, २७ पुष । एपीएफका यज्ञमान कुमाल चम्कँदा प्रदेश नम्वर एकले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लज्जास्पद हार बेहोरेको छ ।

१ सय ५५ रनको झिनो लक्ष्य पछ्याउँदै मैदान उत्रिएको प्रदेश नम्बर एक १७ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो । प्रदेश एकलाई सस्तैमा समेट्न एपीएफका यज्ञमान कुमाल एक्लैले ७ विकेट लिए । कसिलो बलिङ गरेका कुमालले ५ दशमलव ५ ओभरमा एक मेडन राख्दै १६ रन दिएर प्रदेश एकका ७ ब्याट्सम्यानलाई पेविलियन फर्काएका थिए । त्यसैगरी कमल सिङ ऐरीले ५ ओभरमा केवल ३ रन दिएर १ विकेट चटकाए । टिमका लागि भुवन कार्कीले २ विकेट हात पारे । प्रदेश एकका लागि फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन जोडे । दिपेश कंडेलले १८ रन जोड्दा मुकुन्द यादवले १५ रन बटुलेका थिए । प्रदेश एकका सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शुन्य रनमा आवट हुन पुगे । १ दशमलव ६ ओभरमै पहिलो विकेट गुमाएको प्रदेश एकका ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन्् र एकपछि अर्को विकेट गुमाउन पुग्दा टिमले लज्जास्पद हार बेहोर्न पुग्यो । इनरुवा खेल मैदानमा जारी प्रतियोगितामा कम स्कोरमा कुनै पनि टिम समेटिएको यो पहिलो पटक हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *