Thursday, June 04, 2020
Home > राष्ट्रिय समाचार > अर्थव्यवस्थाको कमजोर अवस्थाका कारण देश गम्भीर संकटमा फसेको नेता आचार्यको तर्क

अर्थव्यवस्थाको कमजोर अवस्थाका कारण देश गम्भीर संकटमा फसेको नेता आचार्यको तर्क

विराटनगर, २८ पुष । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवस्थाका कारण देश गम्भीर संकटमा फसेको बताउनुभएको छ ।

अर्थतन्त्रको सूचकहरुले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा आचार्यले राष्ट्रबैंकले पछिल्लो समय प्रस्तुत गरेको आर्थिक सूचकहरुले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको प्रट्याएको उहाँको भनाइ थियो । आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको बढ्दो स्वेच्छाचारिताका कारण मुलुकले चाहे जस्तो आर्थिक उन्नति हाँसिल गर्न निकै कठिन हुने बताउनुभयो । प्रधानमन्त्री कार्यालयमा धेरै क्षेत्रको अधिकार एकीकृत गरेर परियोजना चलाउन खोज्नु र लगानी सुहाउँदो वातावरण नबाउनुले आर्थिक वृद्धि निकै कठिन रहेको उहाँको भनाइ छ । आचार्यले कृषि र पर्यटन क्षेत्रमा लगानी बढाई रोजगारी सिर्जना नगरुञ्जेल समग्र आर्थिक विकास सम्भव नहुने चर्चा गर्नुभयो । प्रधानमन्त्रीले कर्मचारीतन्त्र, प्रेस र सेवानिवृत्तहरुलाई समेत तर्साउने गरी अभिव्यक्ति दिनु अनुचित भएको टिप्पणी गर्नुभयो । सरकार मात्र आर्थिक क्षेत्रको खेलाडी नभएको बताउँदै उहाँले निजी र सामुदायिक क्षेत्रको सामूहिक आर्थिक गतिविधिबाट मात्र उच्च आर्थिक वृद्धि प्राप्त हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *