Wednesday, January 29, 2020
Home > मुख्य समाचार > हुण्डीकारोवारी ७० लाखसहित विराटनगरमा पक्राऊ

हुण्डीकारोवारी ७० लाखसहित विराटनगरमा पक्राऊ


विनु तिम्सिना
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरले ६९ लाख ५७ हजार ६ सय रकम सहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम आज बिहान ११ बजे बरामद गरेको हो । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष तथा विराटनगर ७ का राजेश हेडा, विराटनगर ११ का सुमित साह र विराटनगर १२ का दिपककुमार कर्णलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार लामो समयदेखिको अनुसन्धान र फलोअप पछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनु भयो ।
प्रहरीले सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामत गरेको थियो । सहकारी संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको प्रहरीको भनाइ छ । सोही संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार पनि बरामद गर्न प्रहरी सफल भएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गरी इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिनुभयो । यस घटनाले विराटनगरमा अवैध हुण्डी कारोबारी हुने गरेको प्रष्ट पारेको र त्यसखालका गतिविधि हुन नदिन अन्य संलग्नको पनि खोजी र अनुसन्धान गरिरहेको केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *