Thursday, April 02, 2020
Home > राष्ट्रिय समाचार > सरकारविरुद्ध आन्दोलनमा जाने गजुरेलको चेतावनी

सरकारविरुद्ध आन्दोलनमा जाने गजुरेलको चेतावनी

काठमाडौं, ३० पुष । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क पनि गर्नु भयो । मोर्चाले सरकारविरुद्ध आगामी फागुन ७ गतेबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ । अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको पनि स्पष्ट पार्नुभयो । संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उहाँले त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *