Monday, April 06, 2020
Home > खेलकुद समाचार > युएईलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

युएईलाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

एजेन्सी । थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको गरेको छ ।

जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेको थियो । नेपालका लागि सीता रानामगरले ३७, काजल श्रेष्ठले २५, इन्दु बर्माले १३, रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन वनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर, सोनु खड्का र करुणा भण्डारीले समान एक–एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल बुधवार थाईल्याण्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *