Wednesday, May 27, 2020
Home > राष्ट्रिय समाचार > स्वयम्भू पूजारी आवास पुनर्निर्माण कार्य सुरु

स्वयम्भू पूजारी आवास पुनर्निर्माण कार्य सुरु

काठमाडौं, ३० पुष । विनाशकारी भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आज एक कार्यक्रमका बीच विश्व सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गर्नु भएको हो । पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको १८ वटा पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्यको शिलान्यास गर्दै गृहमन्त्री थापाले सो पुनर्निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सांस्कृतिक÷पूरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । गृहमन्त्री थापाले सबै नागरिकलाई समृद्ध र सुःखी बनाउने लक्ष्य सरकारले लिएको दावी पनि गर्नु भयो । उहाँले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा सहयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *