Monday, April 06, 2020
Home > अन्तराष्ट्रिय समाचार > हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु

हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मध्य तथा पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलोनोइस राज्यका प्रहरीसमेत छन् । विभिन्न राजमार्ग हिउँले भरिएकाले थुप्रै ठाउँमा सडक दुर्घटना भएको छ । मिजौरी, कान्सास, आयोवा, इलिनोईस, इण्डियाना, ओहायो, भजिर्निया, मेरील्याण्ड, र डिसी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ । हिम आँधीका कारण शैक्षिक संस्था र कलकारखाना बन्द हुनुका साथै सयौं हवाई उडान रद्ध भएका छन् । विद्युत आपूर्ति बन्द हुँदा कान्सासदेखी डिसी क्षेत्रसम्मका लाखौं जनता प्रभावित भएका छन् । हिउँका कारण अबरुद्ध सडक सुचालु गर्न सयौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *