Monday, July 06, 2020
Home > मुख्य समाचार > संघीय सरकारले ल्याएको प्रहरी ऐनको विरोध

संघीय सरकारले ल्याएको प्रहरी ऐनको विरोध

जनकपुर, १ माघ । संघीय सरकारले ल्याएको प्रहरी ऐनको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीले विरोध गर्नुभएको छ ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय प्रहरीले ऐन संघीयताको मर्मतविपरीत आएको बताउँदै त्यसलाई अविलम्ब सच्याउन माग गर्नुभएको छ । उहाँले जिल्लाको दोस्रो तह डिएसपीसम्मलाई मात्रै चलाउने अधिकार दिएको प्रति आपत्ति जनाउनुभएको छ । उहाँले प्रहरी ऐनले देश टुक्राउने खालको रहेको आरोप लगाउनुभयो । उहाँले सरकारले विधेयक नसच्याएको खण्डमा यसको विरुद्धमा सशक्त आन्दोलनमा जाने चेतावनी दिनुभयो । यादवले संघीयतमाथि षडयन्त्र गर्नु भनेको देशमाथि षड्यन्त्र गर्नु रहेको बताउनुभयो । उहाँले देशलाई षड्यन्त्रको जालोमा राखेर देशलाई टुक्राउने प्रयास भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *