Thursday, November 14, 2019
Home > मुख्य समाचार > आगलागीबाट उखु खेती नष्ट

आगलागीबाट उखु खेती नष्ट

विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरास्थित १० बिघा उखु खेतमा आगलागी भएको छ ।

नेपाली कांग्रेस मोरङका नेतासमेत रहेका नागेश कोइरालाको १० बिघा उखु खेतमा आज आगलागी हुँदा ८ बिघा उखु जलेर नष्ट भएको छ । दिउँसो एक्कासि उखु खेतमा आगलागी भएपछि स्थानीयले दमकल बोलाएका थिए । तर उखु खेतसम्म पुग्ने बाटो नभएका कारण दमकल पुग्न नसक्दा स्थानीय बासिन्दाले आगो निभाएका थिए । आगलागीमा आफ्नो ८ विगाहा क्षेत्रफलको उखु नष्ट भएको भन्दै कोइरालाले कसरी आगलागी भएको हो प्रहरी प्रशासनलाई छानबिन गर्न माग गर्नुभयो । १० विगाहा प्लटमा रहेको उखुमा आगलागी भएपछि स्थानिय वासिन्दाले ट्राक्टरको मद्दतले आगलागि हुन बाँकी खेतको केही भागको उखु काटेपछि आगो फैलन नपाएको वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने बताउनुभयो ।

आगलागी भएको देखेपछि आसपासका १ हजार बढी स्थानीयहरुले खेतको माटो हालेर आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । आगो कसरी लाग्यो भन्ने विषयमा कुनै जानकारी नभएपछि लागूऔषध प्रयोगकर्ताका कारण आगलागि भएको हुनसक्ने उहाँको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *