Thursday, September 24, 2020
Home > मुख्य समाचार > अनसनरत डा. केसीलाई सुईबाट एन्टिबायोटिक औषधी दिन सुरु

अनसनरत डा. केसीलाई सुईबाट एन्टिबायोटिक औषधी दिन सुरु

इलाम, १ माघ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि इलाममा अनसनरत डा. गोविन्द केसीलाई सुईबाट एन्टिबायोटिक (आईभी एन्टिबायोटिक) औषधी दिन सुरु गरिएको छ ।

आज अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था अझ कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको जनाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. वृजेशकुमार साहले केसीलाई अन्य कुनै पनि औषधी प्रयोग नगरिएको बताउनुभयो । केसीको दायाँ फोक्सोमा निमोनिया भएको, रगतमा चिनीको मात्रा कम हुँदै गएको, मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको, शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको पनि अस्पतालले जनाएको छ । उहाँको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशीको दुखाइ बढेको र स्वास फेर्न अप्ठेरो हुन थालेको छ । अस्पतालले इन्फेक्सन हुन सक्ने हुनाले केसीलाई भेट्ने मानिसलाई सीमित गरी माक्स, गाउन र क्याप लगाएर मात्र भेट्न मिल्ने व्यवस्था मिलाएको छ । उहाँको मुटुको चाल अनियमित भएको हुँदा आईसीयू वा सीसीयूमा राखेर उपचार गर्न आवश्यक भएको भन्दै इलाम अस्पतालले आफ्नोमा उक्त सेवा नरहेको पनि बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *