Monday, January 18, 2021
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभा सदस्यहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुद्धारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, २ माघ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले डाक्टर गोविन्द केसीको माग सम्बोधन, उखु किसानका समस्या समाधान लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य रामलखन चमारले उखु किसानको समस्याको दीर्घकालिन समाधानका लागि किसान, मिल संचालक र प्राविधिकहरु सम्मिलित उच्चस्तरीय कृषि आयोग गठन गर्न माग गर्नुभयो । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले नेपाल प्राकृतिक विपतको अत्याधिक जोखिममा रहेको मुलुकमा रहेको भन्दै ति जोखिमबाट बच्नको लागि योजनताबद्ध रुपमा सबै तहमा कार्यक्रम संचालन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्युतीय सवारी साधन संचालनको प्रयोग सरकारी कार्यालयबाट नै सुरुवात गर्न पनि उहाँले सुझाव दिनुभयो । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँको स्वास्थ्यमा गिरावट आउने क्रम बढेको भन्दै उहाँले डाक्टर केसीको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई सचेत गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी सोमबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *