Monday, April 06, 2020
Home > राष्ट्रिय समाचार > उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको हिसानद्धारा स्वागत

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको हिसानद्धारा स्वागत

काठमाडौं, २ माघ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल (हिसान)ले राष्ट्रिय शिक्षा नीति निर्माणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनको स्वागत गरेको छ ।

हिसानका अध्यक्ष रमेश सिलवालले सो प्रतिवेदनमा निजी विद्यालयलाई सेवामूलक बनाउने प्रावधान राखिएकोमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आयोगका सदस्य समेत रहनु भएका उहाँले सम्पत्ति संरक्षण हुनेगरी आयोगले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन सिफारिस गरेको बताउनुभयो । सो प्रस्तावमा आवश्यक्ताभन्दा बढि मुनाफा लिन नपाउने गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्ताव गरिएको अध्यक्ष सिलवालले स्पष्ट पार्नु भयो । अध्यक्ष सिलवालले आयोगको प्रतिवेदनमा नेपाललाई ‘शैक्षिक हब’ बनाउने प्रस्ताव गरिएको र त्यसमा निजी क्षेत्रको सहयोगको व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै आयोगका सदस्य एवम् शिक्षाविद् विद्यानाथ कोइरालाले प्रतिवेदनमा निजी विद्यालयले सरकारी विद्यालयको गुणस्तर विकासमा सेवा गर्न सक्ने प्रावधान पनि राखिएको बताउनु भयो ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय शिक्षा नीति निर्माणका लागि सुझाव दिन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *