Wednesday, September 30, 2020
Home > खेलकुद समाचार > नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

४, माघ । नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा र्पुयाएका थिए । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् । जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *