Wednesday, September 30, 2020
Home > राष्ट्रिय समाचार > कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रहरूमा चरा गणना

कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रहरूमा चरा गणना

सुनसरी, ४ माघ । कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका सिमसार क्षेत्रहरूमा गरिएको मध्य हिउँदे जलपंक्षी गणना कार्यक्रमको नतिजा सार्बजनिक गरिएको छ ।

गणना कार्यक्रममा कोशी पंक्षी समाज, कोशीटप्पु वन्यजन्तु आरक्ष, हिमाली प्रकृति, नेपाल पंक्षिविद संघ र कोशी क्यामका झण्डै ३० जना भन्दा बढी स्वंसेवकहरुको सहभागिता रहेको थियो । मोरङको मङ्लबारे र वेतना सिमसार, सुनसरीको चतरा, कोशीटप्पु वन्यजन्तु आरक्ष, कोशी बराज, तरहरा र बर्जुताल, त्यसै गरि सप्तरीको भारदह र कमलपुर ताल र उदयपुरको भागलपुरमा रहेका सम्पुर्ण सिमसार क्षेत्रहरूमा जलपंक्षी गणना गरिएको थियो । यसपालि को गणनामा उल्लेख्य संख्यामा जलपंक्षिहरु अभिलेख गरिएको छ । यसपटक ५८ प्रजातिका कुल २१ हजार ७ सय ७४ जलपंक्षीहरु गणना भएका छन् जसमध्ये बर्जु तालमा मात्रै आधा भन्दा बढी जलपंक्षिहरु भेटिएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र ५२ प्रजातिका कुल ६ हजार ९ सय ५९ जलपंक्षीहरू देखिएका छन् । सुनसरीको तरहरा विश्वमै दुर्लभ भुँडीफोर गरूडका १२ र मोरङको मंगलबारेमा १४ वटा गुँड फेलापरेका छन् । गणनाकै क्रममा बर्जु तालमा ठूलो सिलसिले हाँस समेत भेटिएको छ । यसपटक विश्वभरी जनवरी ५ तारिख देखि २० सम्म जलपंक्षीहरुको गणना कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *