Monday, June 01, 2020
Home > खेलकुद समाचार > मनमोहन कप : उपाधिका लागि नेपाल पुलिस र आर्मी भिड्ने

मनमोहन कप : उपाधिका लागि नेपाल पुलिस र आर्मी भिड्ने

इनरुवा, ४ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र आर्मी भिड्ने भएका छन ।

उपाधिका लागि इनरुवा खेल मैदानमा भोलि हुने खेलमा दुई बिभागिय टिम आमने–सामने हुने भएका हुन । जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् । पहिलो सेमिफाइनलमा प्रदेश नम्वर ७ लाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको पुलिससँग दोस्रो सेमिफाइनमा बिजयी हुँदै त्रिभुवन आर्मी क्लबले उपाधी भिडन्त पक्का गरेको हो । दोस्रो सेमिफाइनल अन्र्तगत आज सम्पन्न खेलमा आर्मीले ६ विकेटको जित निकालेको हो । १ सय १० रनको झिनो लक्ष्य पछ्याएको आर्मीले १९ दशमलव २ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकाल्यो । २५ रनको स्कोरमा ४ महत्वपूर्ण खेलाडी गुमाएको आर्मीकालागि राजेश पुलामी र रोहित पौडेलले पारी सम्हाल्दै टिमलाई फाइनलको यात्रा तय गराए । प्रदेश नम्वर १ कालागि मनोज मण्डलले २ र पुष्प थापाले १ विकेट हात पारे । टस जितेर आर्मीले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको १ नम्वर प्रदेशले केवल १ सय ९ रनमात्र बनाएको थियो । खेलको म्यान अफ द म्याच आर्मीका हरि चौहान घोषित भए । भोलि हुने फाइनल खेलको बिजेताले नगद ४ लाख १ हजारसहित शिल्ड हात पार्ने छ भने उपबिजेताले २ लाख १ हजार प्राप्त गर्नेछ । सेमिफाइनलबाट बाहिरिएका प्रदेश १ र प्रदेश नम्वर ७ ले २५ हजारको दरले प्रोत्साहन रकम प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *