Sunday, May 26, 2019
Home > खेलकुद समाचार > लिभरपुलद्वारा तालिकामा सात अंकको अग्रता

लिभरपुलद्वारा तालिकामा सात अंकको अग्रता

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिष्टल प्यालेसविरुद्ध जित निकाल्दै तालिकामा सात अंकको अग्रता लिएको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा मोहम्मद सलाहले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले प्यालेसलाई ४–३ ले हरायो । लिभुरपुलका लागि रोबर्टो फिरमिनो साडियो मानेले एक एक गोल गरे । क्रिष्टल प्यालेसका एन्द्रोस टाउनसेन्ड, जेम्स टम्पकिन्स र म्याक्स मेयरले गोल गरे । ८९ औं मिनेटमा जेम्स मिल्नर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सिमित बनेको थियो । योसँगै २३ खेलबाट लिभरपुलले ६० अंक बनाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५३ अंक छ । क्रिष्टल प्यालेस भने २२ अंकसहित १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *