Sunday, May 26, 2019
Home > खेलकुद समाचार > सेभिल्लाविरुद्धको खेलमा रियलको जीत, तालिकाको शीर्षस्थानमा बार्सिलोना कायमै

सेभिल्लाविरुद्धको खेलमा रियलको जीत, तालिकाको शीर्षस्थानमा बार्सिलोना कायमै

स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिडले सेभिल्लालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । जितसँगै रियाल म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिल्ला चौथो स्थानमा झरेको छ । ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको म्याड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा डि भिगोमाथि २–१ को जित निकाल्यो । गएरातिका खेलपछि लालिगा फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ । १९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको म्याड्रिडको ४१ अंक छ भने रियल म्याड्रिडको ३६ अंक छ । बार्सिलोनाले आज राति लेगानेससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *