Saturday, March 23, 2019
Home > खेलकुद समाचार > फ्रेन्च लिग वनमा पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वनमा पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जित निकालेको छ । नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित भएको थियो । पेरिसमा भएको खेलमा पीएसजीको जितमा केलियन एम्बाप्पे र इडिन्सन कभानीले ह्याट्रिक गरे भने नेइमारले दुई गोल गरे । एघारौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफअघि ३–० को अग्रता लिएको थियो । तालिकाको पुछारमा रहेको गुइनग्याम्प दोस्रो हाफमा झन् निरिह बन्यो । उसले दोस्रो हाफमा ६ गोल खायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *