Friday, November 27, 2020
Home > अन्तराष्ट्रिय समाचार > प्रतिपक्षी दलले गरेको अपिल अदालतद्वारा खारेज

प्रतिपक्षी दलले गरेको अपिल अदालतद्वारा खारेज

कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज गरेको हो । नेता फेलिक्सले जित हात पारेको दाबी गरे पनि हालको प्रशासन विरोधी मार्टिन फायुलुले आफूले जितेको दाबी गरेका छन् । हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासी फेलिक्सबीच शक्ति बाँडफाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशकामा अफ्रिकन युनियनले समेत निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो । गत डिसेम्बर ३१ मा भएको निर्वाचनको नतिजाप्रति अफ्रिकन युनियनले गम्भीर चासो व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *