Sunday, May 26, 2019
Home > खेलकुद समाचार > आर्मीलाई इटहरी गोल्डकपको उपाधि

आर्मीलाई इटहरी गोल्डकपको उपाधि

इटहरी, १९ माघ ।  लिग लिडर मनाङ मस्र्यादी क्लबलाई दुई शून्यले पाखा लगाउँदै दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिसँगै नगद १६ लाख त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

इटहरी रगंशालामा भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वीलाई मनाङमाथि हाबी भएको आर्मीले बहुसंख्यक दर्शकहरुको साथ पाएको मनाङ स्तब्ध पार्दै उपाधि चुमेको हो । उपाधि विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो । खेलको सर्वाेकृष्ट खेलाडी आर्मीका टंक बस्नेत, वेष्ट टिफेन्र्स मनाङका सुरज विक, सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास, उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र उत्कृष्ट फर्वाड आर्मीका भरत खवास घोषित भए । यही माघ १२ गतेदेखि इटहरी रंगशालामा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संरक्षकत्वमा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता सञ्चालन हँुदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *