Wednesday, May 27, 2020
Home > आर्थिक समाचार > सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने

सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने

कामाठडौं, १९ माघ । सरकारले पर्साको वीरगंजस्थित कृषि औजार कारखानालाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग संञ्चालन गरिने बताउनुभएको हो । मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेका सामाग्रीको अवस्था अध्ययन गर्नका टोली गठन गरेको भन्दै उहाँले सो अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनका आधारमा उद्योग संञ्चालनको मोडालिटी तयार गरिने बताउनुभयो । अत्यन्तै प्रतिष्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मुल्यांकन गरि नया ढंगले उद्योग सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक बर्ष २०७५÷७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । कृषि औजार कारखाना २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *