Friday, March 05, 2021
Home > मुख्य समाचार > थापाले पनि अनसन तोडे

थापाले पनि अनसन तोडे

काठमाडौं, १९ माघ । प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोड्नु भएको छ ।

शिक्षण अस्पतालमा नै अनसन बस्नु भएका थापाले आज अनसन तोड्नु भएको हो । काठमाडौं महानगरपालिका २० स्थित भिमसेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस खुवाएर थापाको अनसन तोडिएको हो । थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *