Saturday, March 23, 2019
Home > राष्ट्रिय समाचार > इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माण गरे

इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माण गरे

इटहरी, १९ माघ । इटहरीको मुख्य चोक सडकमा जेब्रा क्रसिंग मेटिएकोे लामो समय बितिसक्दा समेत सम्बन्धित निकायहरूले पहल नगरेकाले इटहरीका युवाहरूले आफै जेब्राक्रसिङ निर्माण गरेका छन ।

सडक दुर्घटनाको प्रमुख कारकको समाधानमा जेब्राक्रसिङ पनि रहेपनि इटहरीका सडकमा निमार्ण गरीएका अधिकाशं जेब्राक्रसिङ धमेलिएका तथा मेटिएका छन । सडकमा बनाइएका जेब्राक्रसिङहरु पनि मेटिएर देख्नै गाह्रो अवस्था पुगेपछी सुनसरीमा सक्रिय रहेका सामाजिक संघ सस्थाहरुले जेब्राक्रसिङ निर्माणकार्य थालेका हुन । इटहरी नमुना कलेजका विद्यार्थीहरूको आयोजनामा ह्याभीट्याड फर ह्युंयनिटि नामक संस्थाको प्राविधिक सहयोग र लियो क्लब इटहरी ग्रिन सिटीको लगायतका संस्थामा आबद्ध स्वयंसेवी युवाहरूको समूहले जेब्राक्रसिङ निर्माण गरेको सामाजिक अभियान्ता नितेश गौतमले बताउनुभयो । ’दिगो विकासको ११ नम्बर बुँदामा सहरी पूर्वाधार सभ्य हुनु पर्ने भएकाले त्यसैलाई आधार मानेर जेब्राक्रसिङ निर्माण गरिएको सहभागीहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *