Sunday, May 26, 2019
Home > अन्तराष्ट्रिय समाचार > सिरिया र इराक एक हप्ताभित्रै आइएसको कब्जाबाट मुक्त हुने ट्रम्पको दावी

सिरिया र इराक एक हप्ताभित्रै आइएसको कब्जाबाट मुक्त हुने ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने बताउनु भउको हो ।उहाँले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गर्नुभएको छ । उहाँले दुई महिना पहिले सिरियामा जिहादीहरुलाई हराएको भन्दै त्यहाँबाट अमेरिकी सेनालाई फर्काउने घोषणा यसअघि नै गरिसक्नु भएको छ । वासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गर्नुभयो । यसअघि बैठकमा बोल्दै विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाए पनि आइएसविरुद्धको लडाईँ जारी राख्ने बताउनुभएको थियो । उहाँले आइएसको कब्जाबाट फुत्काइएका इलाकाको पुनर्निर्माणका लागि सहयोग रकम जुटाउन पनि आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *