Saturday, March 23, 2019
Home > राष्ट्रिय समाचार > झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालन

झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालन

भारतबाट आयातित कोइलामा आत्मनिर्भर चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायोमास ब्रिकेट उद्योग सञ्चालनमा ल्याइएको छ । भद्रपुरका युवा उद्योगी आदित्य पराजुलीले करिब १२ करोडको लागतमा मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायोमास व्रिकेट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । अढाई बिघा क्षेत्रफल स्थापित उद्योगको नाम पराजुली बायोमास ब्रिकेट उद्योग रहेको छ । ‘भारतको आसाम, मेघालयबाट नेपाली बजारमा आयातित बढ्दो कोइलाको मूल्य र घट्दो गुणस्तरलाई लक्षित गरी झापामा यस उद्योगको स्थापना गरिएको सञ्चालकको भनाइ छ । उद्योगले प्रति घण्टा ५ देखि ६ टनसम्म ब्रिकेट उत्पादन गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *