Saturday, March 23, 2019
Home > खेलकुद समाचार > बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणको तयारी पूरा

बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणको तयारी पूरा

मोफसलकै चर्चित फुटबल प्रतियोगिताको रुपमा रहेको बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । माघ २६ गते देखि फागुन ४ गतेसम्म धरान १६ स्थित प्रादेशिक रंगशालामा हुन गईरहेको बुढासुब्बा गोल्डकपमा २ विदेशी टोलीसहित ६ वटा राष्ट्रिय टिम बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक धरान फुटबल क्लबसहित संकटा क्लब काठमाडौं, मेची नेत्रालय झापा, पुलिस क्लब काठमाडौं, सहारा पोखरा, मनाङ मस्र्याङदी काठमाडौं, डालफिनास क्यामरुन र डालहाउसी एथ्लेटिक कलकत्ता सहभागि हुने भएका छन् । २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गोल्डकपलाई एन्फाले सहयोग नगरेकाले अन्तराष्ट्रिय प्रतिष्पर्धा गर्न नसकेको आयोजकको गुनासो रहेको छ । प्रतियोगितको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले होण्डाको मोटरसाईकल र अन्य व्यक्तिगत विधा तर्फ २५ हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *