Thursday, April 02, 2020
Home > मुख्य समाचार > भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन

भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटना क्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुएला प्रकरणमा वक्तव्य दिएको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले आज भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही स्पिरिटको वक्तव्य जारी गरीसकेकाले त्यसमा अरुका व्यक्तिगत कुराले केही अर्थ नराख्ने पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा दाहालको भेनेजुयलासम्बन्धि वक्तव्यमा ‘अलिअलि चिप्लिएको’ भन्दै असन्तुष्टि जनाउनुभएको थियो । जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन अर्थमा सो कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गर्दै त्यस सम्बन्धमा पार्टीको सचिवालय बैठकबाट पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्ने वक्तव्य आईसकेकाले त्यसमा व्यक्तिले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले पार्टी संगठन एकीकरणका सबै काम फागुन पहिलो हप्ताभित्र सम्पन्न भईसक्ने र त्यसपछि पार्टीले देशभर फागुन र चैत्रमा जनअभियान संचालन गर्ने पनि बताउनुभयो । उहाँले सरकारको कामले गति पक्रन लागेको पनि बताउनुभयो । सरकारले जनताको पक्षमा नयाँ–नयाँ कार्यक्रम घोषणा गर्दै गएको र विकास निर्माणका कामले पनि गति पक्रन लागेको अध्यक्ष दाहालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *