Saturday, March 23, 2019
Home > खेलकुद समाचार > आईसीसीको नयाँ बरियतामा पारस र सोमपालको यस्तो अग्रता

आईसीसीको नयाँ बरियतामा पारस र सोमपालको यस्तो अग्रता

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङतर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले २३ स्थान छलाङ मार्दै ७० औं स्थानमा उक्लिएका छन् । सोमपाल यसअघि ९३ औं स्थानमा थिए । बलिङतर्फ वसन्त रेग्मीले ३ स्थान सुधार गर्दै ७१ नम्बरमा आएका छन् । वसन्त यसअघि ७४ औं स्थानमा थिए । अलराउन्डरतर्फ पारसले स्थान सुधार गर्दै ३९ औं स्थानमा रहेका छन् । सोमपालले अलराउन्डरतर्फ १३ स्थान छलाङ मारेका छन् । नयाँ वरीयतामा सोमपाल ५१ औं स्थानमा उक्लिएका छन् । नयाँ वरीयताअनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डरतर्फ ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *