Sunday, May 26, 2019
Home > मुख्य समाचार > अख्तियार आयुक्त पाठकले दिए राजीनामा

अख्तियार आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं, ३ फागुन । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आज राजीनामा दिनुभएको छ ।

आयुक्त पाठकले आज राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र दर्ता गराउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमले जानकारी दिनुभयो । प्रशासनिक र कानूनी लगायत आवश्यक प्रक्रिया पूरा भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पाठकको राजीनामा स्वीकृत गर्नुहुनेछ । पाठकले घुस लिएका समाचार बाहिरिएपछि सत्तारुढ दल नेकपाले आज नै संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । सत्तारुढ दलबाटै महाअभियोगको तयारी भएपछि आयुक्त पाठकले राजीनामा दिनुभएको हो । अख्तियारका आयुक्त पाठकले घुसिलिएको भिडियो १ महिना अघि नै प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । भक्तपुर इन्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितता सम्बन्धमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि उपसमिति बनाएर अनुसन्धान गरेको थियो । सांसद योगेश भट्टराई सयोजंकत्वको उपसमितिले गरेको अनुसन्धानले सो कलेजमा चरम आर्थिक अनियमितता भएको प्रतिवेदन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *